सोमवार, मंसिर २०, २०७८

आफूखुसी बढाइयो ग्यास सिलिन्डर मूल्य

३१ जेष्ठ २०७३, सोमबार ०६:५७

काठमाडौं, ३१ जेठ- ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म वृद्धि गरेका छन् ।
सिलिन्डरकै मूल्य ४ हजार रुपैयाँसम्म तिर्न उपभोक्ता बाध्य भएका छन् ।

ग्यास विक्रेता महासंघका अनुसार उद्योगीले अभावको मौका छोप्दै खाली ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढाएका छन् ।

सबै भन्दा महँगो सिलिन्डर श्रीमाया कम्पनीको छ । श्रीमाया सिलिन्डरको मूल्य २ हजार ६ सय रुपैयाँ पर्छ । नाकाबन्दीअघि श्रीमायाको मूल्य २ हजार १ सय रुपैयाँ थियो । ग्याससहित श्रीमाया सिलिन्डर मूल्य ४ हजार रुपैयाँ पर्छ ।

निजी कम्पनीले बढाए पनि साल्ट ट्रेडिङ कम्पनीले भने सिलिन्डर मूल्य वृद्धि गरेको छैन् । आजको कारोबारमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share