शनिबार, माघ ८, २०७८

आत्मघाती आक्रमणमा सिरियामा बीस जनाको मृत्यु

२९ जेष्ठ २०७३, शनिबार १९:४१

बेरुत (लेवनान), २९ जेठ । सिरियाको राजधानी दमास्कस नजिकै रहेको सिया धर्मावलम्बीको तीर्थस्थलमा आक्रमण गरिँदा शनिबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

आक्रमणको इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो अमाक न्यूज एजेन्सीमार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

सिरियाको मानव अधिकारवादी संस्थाका अनुसार एक जना कारमा आएको र अन्य एक पैदलै उक्त स्थलमा पुगेको दुई आक्रमणकारीले सैइदा जेनाद मस्जिदको गेट नजिकै विष्फोट गराउँदा १३ जना सर्वसाधारणसहित २० जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।

तर साना न्यूज एजेन्सीले भने १२ जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाएको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share