आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय
१९ जेष्ठ २०७३, बुधबार १६:४३रियाद, १९ जेठ ।
साउदी अरेबियाको एक अदालतले बुधबार १४ जना नागरिकलाई आतङ्ककारीको आरोपमा आजिवन कारवासको सजाय सुनाएको छ । अल अरेबिया स्थानीय समाचारले सो जानकारी दिएको छ ।
त्यसैगरी सो अदालतले अन्य नौ जना संदिग्ध व्यक्तिलाई तीन वर्षदेखि १५ बर्षसम्मको जेल सजाय सुनाएको छ ।
मृत्युदण्डको सजाय सुनाइएका १४ जनामाथि अल आवामियाह गाउँको कतिफक्षेत्रमा आक्रमण र प्रहरीको हत्या गरेको आरोप लगाइएको छ ।
सन् २०१४ को सुरुमा साउदी अरेबियाले आतङ्कबाद, दङ्गा र प्रहरीमाथिको आक्रमण र अन्य आपराधीक गतिबिधिमा लागेको आरोपमा १३५ जनालाई पक्राउ गरेको घोषणा गरेको थियो । रासस/एपी