शुक्रबार, कार्तिक ५, २०७८

आतंकवादी हमलाले भारत–पाकिस्तान तनाव

४ आश्विन २०७३, मंगलवार १७:१०

नयाँदिल्ली, ४ असोज । भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा आतंकवादी हमलामा परी १७ भारतीय सेनाको मृत्यु भएपछि भारत र पाकिस्तान पुनः युद्धको अवस्थामा जाने खतरा बढेको छ । शनिबार राती पाकिस्तानी आतंकवादी समूहले भारतको सीमा क्षेत्रमा प्रवेश गरी १७ सैनिकको हत्या गरेको थियो । सो घटनापछि भारत र पाकिस्तानको आरोप–प्रत्यारोपको शिलशिला सतहमै आएको छ ।

India-pakistanघटनापछि भारतीय सेनाले पाकिस्तानी सेनाले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आक्रमणमा आफ्नो हात नरहेको स्पष्ट पारिकसकेको छ । भारतीय समाचार एजेन्सी पीटीआईले सेनालाई उधृत गर्दै दिएको खबर अनुसार पाकिस्तानी सेनाले सीमा नियन्त्रण रेखा पार गरेको र युद्धविराम उल्लंघन गरेको छ ।
भारत र पाकिस्तानबीच सीमा नियन्त्रण रेखामा २६ नोभेम्बर २००३ देखि युद्धविराम लागू भएको छ । यसैबीच उरीमा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै आतंकवादविरुद्धको कारबाहीमा आफू साथमा रहेको बताएका छन् ।

शनिबार काश्मिरमा आतंकवादी हमला भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्तानी आतंकवादीको हात रहेको भन्दै आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका थिए । उनले ट्वीटमार्फत आक्रमणमा संलग्नलाई कडा कारबाहीको चेतावनी दिएका थिए ।

काश्मिरमा कफ्र्यु हट्यो

उता काश्मिरमा पछिल्ला केही दिनदेखि लागु भएको कफ्यु हटाइएको छ । पीटीआइएका अनुसार अब घाँटीका जम्मा पाँच प्रहरी चौकीसँग जोडिएका इलाकामा मात्रै कफ्र्यु बाँकी छ । घाँटीमा कफ्यु लागेको ७४ दिन पुगीसकेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार श्रीनगरको अन्दरुनी क्षेत्रका पाँच प्रहरी चौकीको नियन्त्रण क्षेत्रमा कफ्र्यु जारी छ । उक्त क्षेत्रमा प्रहरीको गोली लागेर एक युवक मारिएका थिए । युवक मारिएको मंगलबार ४ दिन पुगेको छ ।
प्रहरीका अनुसार अन्य क्षेत्रको शान्ति सुरक्षाको अवस्था बलियो भएको छ भने जनजीवन सामान्य बनिसकेको छ । त्यसैकारण मंगलबारदेखि कफ्र्यु हटाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share