सोमवार, मंसिर २०, २०७८

आठौ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड सुरु

१९ जेष्ठ २०७३, बुधबार १०:४७

काठमाडौं, १९ जेठ ।
आठौ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगिता आजबाट काठमाडौमा सुरु भएको छ । प्रतियोगिताको केहीबेर अघि राष्ट्रपति विद्यादेबी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन गरेकी छन् । आठ खेल समावेश प्रतियोगिताका खेलहरु आजदेखि २१ गतेसम्म उपत्यकाका विभिन्न स्थानमा हुने छन् ।
एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कराते र कबड्डी सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो कोटेश्वर, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट कीर्तिपुरमा हुने छ ।
जम्मा ५३ स्वर्ण, ५३ रजत र ६५ कांस्य पदकका लागि भिडन्त हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले बताए । कूल पुरस्कार राशी ५ लाख ९४ हजार रुपैया“ रहेको छ । समग्रमा टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार तथा तेश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । टिम स्पर्धामा शीर्ष तीन स्थानमा रहने प्रत्येक टिमका खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share