शुक्रबार, कार्तिक ५, २०७८

आज १३ अौं निजामती सेवा दिवस, सर्वोत्कृष्ट पुरस्कार सचिव सुवेदीलाई

२२ भाद्र २०७३, बुधबार ०८:४१

काठमाडौं, २२ भदौ । १३ अौं निजामती सेवा दिवस बुधबार विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा निजामती कर्मचारीले भृकुटीमण्डप देखि प्रज्ञाभनवसम्म प्रभातफेरि गरेका छन्। दिवसको अवसरमा प्रज्ञा भवनमा निजामती कर्मचारीको मूल समारोह समितिको कार्यक्रम हुँदैछ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवा पुरस्कार वितरण, निजामती दर्पण विमोचन का साथै हत्केलामा निजामती सेवा भन्ने एप विमोचन गर्नेछन्। मुलुकमा करिव ८३ हजार निजामती कर्मचारी रहेका छन्। 154यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ। सुवेदी हाल अर्थ सचिवमा सरुवा भएका छन्। मुख्य सचिव सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए। पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ। यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ।

समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोकसेवा आयोग, गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहेका छन् ।

यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ छन्। पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी दिइन्। उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ। यसैगरी अवकास प्राप्त ५० जना निजामती कर्मचारीलाई सम्मान गरिनेछ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share