बिहिबार, माघ १३, २०७८

आज २ सय ३ औं जन्मजयन्ती

२९ असार २०७३, बुधबार ०९:२८

काठमाडौं, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यको जन्म भएको थियो ।

आचार्यले अध्यात्म रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।
उनै भानुभक्तको संझानामा भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

उनका प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०) वधूशिक्षा (१९१९), रामगीता (१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा उनको खास परिचय भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share