आइतवार, असार १९, २०७९

आगोमा जलेर एक बालिकाको मृत्यु

१८ कार्तिक २०७३, बिहीबार ०७:५०

राजविराज, १८ कात्तिक । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी बुधवार एक बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

सो आगलागीबाट घरमा रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा र नगद गरी रु डेढ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share