बिहिबार, माघ १३, २०७८

आगामी दशक समाजवादी क्रान्तिको’

२० जेष्ठ २०७३, बिहीबार १९:१८

काठमाडौँ, २० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दशक समाजवादी क्रान्तिको दशक हुने बताएका छन् ।

माओवादी केन्द्र प्रदेश नं ३ ले आज आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसले नेपाली जनतालाई सम्पन्न र सबल बनाउने विश्वास व्यक्त गरे ।
उनले विगतमा भएका कमजोरी मुख्य नेतृत्वको हिसाबले आफूले जिम्मा लिँदै नेतृत्वबाट सच्चाउँदै अगाडि बढ्ने प्रण गरेका छन् । माओवादी एकता नेपाली क्रान्तिलाई पूर्णता दिँदै विश्व क्रान्तिलाई सेवा गर्ने उद्देश्यका साथ भएको स्पष्ट पार्दै उनले पार्टी एकताले जनता, सहिद परिवार, बेपत्ता परिवार घाइते योद्धाहरु उत्साहित र विश्वभरिका क्रान्तिकारी खुसी भएको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले क्रान्तिकारी फुट्न मात्रै होइन जुट्न पनि जानेका छन् भन्ने कुरा माओवादी एकताले पुष्टि गरेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share