बिहिबार, माघ १३, २०७८

आगलागीबाट रु पाँच लाखभन्दा बढी क्षति

२१ असार २०७३, मंगलवार ०९:३९

बैतडी, २१ असार ।

दार्चुलाको लटिनाथ गाविस–५ सार्सीमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय गोपाल विष्ट र अदुवा विष्टको घरमा आगलागी हुँदा रु पाँच लाख बढीको क्षति भएको प्रहरीले बताएको छ ।

आगलागीबाट क्षति भएको घरको मूल्याङ्कन गर्दा रु पाँच लाख २३ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

इलाका प्रहरी कार्यालयको एक टोलीले सार्सीमै पुगेर सोमबार घर जलेको मुचुल्का तयार पारेको बताइएको छ ।

शनिबार राति एक्कासि घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लुगाकपडा समेत जलेर नष्ट भएका स्थानीय दिनेश सिंहले जानकारी दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share