बुधबार, मंसिर २२, २०७८

आकर्षक बन्दै सुर्खेत बुलबुले

२१ जेष्ठ २०७३, शुक्रबार १५:०४

बिमला खड्का
सुर्खेत, २१ जेठ ।
शुक्रवार सबेरै बुलबुले उद्यानमा भेटिएकी दिलमाया विष्टलाई बुलबुले नामले जति चिनिए प्रत्यक्ष हेर्दा चर्चामा आएको जस्तो पाइनन् । जुम्ला घर भएर सुर्खेत बस्दै आएकी उनले बुलबुलेको चर्चा व्यापक भएपनि वास्तविक रुप भने त्यस्तो नभएको गुनासो गरिन् । उनले भनिन्, ‘मैले सुर्खेतको बुलबुले तालको नाम जति सुन्थे तर यहाँ आएर त्यो भेटिन मैले सोचेको थिए, उनले थपिन् बुलबुले ताल भनेको एकदमै ठुलो होला त्यसमा माछा छन होला र बुलबुले ताल भन्ने वित्तिकै मैले पोखराको फेवातालको कल्पना गर्ने गर्थे तर यहाँ आएर मैले त्यो भेटिन । उनले बुलबुले तालमा डुगां सञ्चालनसंगै अझै अरु विकास गर्न सक्यो भने मात्रै उद्यानको आकर्षण बढ्ने बताइन् ।
त्यस्तै कैलाली की ममता बस्नेतलाई पनि बुलबुलेमा जति विकास हुनुपर्ने हो त्यो सबै नभएको बताbulbule tal 1इन, उनी भन्छिन्, ‘सुर्खेत ठाउँ प्राकृतिक सुन्दरताले एकदमै भरीपूर्ण ठाउँ छ, मलाई एकदमै मन प¥यो तर, बुलबुले तालको नाम जति सुने त्यो रुपमा विकास भएको पाइन ।’ उनले नेपालको दोश्रो फेवातालको रुपले चिनिने गरी विकास गर्नु पर्ने बताइन् ।
दिलमाया र ममताले भने जस्तै रुपमा बुलबुलेलाई विकास गर्ने प्रयास विगतमा नभएका होइनन् तर प्रयाप्त बजेट र राजनीतिक खिचातानीले गर्दा यसको विकासले गति लिने सकेन । त्यति मात्र होइन, बुलबुले हेर्न आउने दिलमाया र ममता जस्ता आगन्तुकको ध्यान केन्द्रीत गर्न सकेन ।
सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो मायाजाल…… भन्ने गीतको बोलले मात्र होइन, आन्तरिक पर्यटनका लागि आकर्षक पर्यटकीय स्थलको रुपमा परिचित सुर्खेत बुलबुले तालको पछिल्लो समयमा संरक्षण र विकासमा ध्यान दिन थालिएको छ । संरक्षण र विकासको अभावमा ओझेलमा परेको बुलबुले उद्यानलाई पछिल्लो समयमा विकास गर्न थालिएको हो ।
बुलबुले तालमा डुगां मात्रै सञ्चालन नभएर डुगां सञ्चालन हुने पोखरीमा माछा पाल्ने व्यवस्था भएको भए अझै बुलबुले तालको आकर्षक बढ्ने बुलबुले तालका हेरालु डिल्ली न्यौपानेले बताए । उनले भने, ‘बुलबुले तालमा स्थानीय कुनै पनि संघसस्थाले सहयोग गर्दैनन् र विदेशी संघ संस्थाहरुको पनि सहयोग छैन ।’ उनले त्यस्ता संघसंस्थाहरुले सहयोग गरेको भए बुलबुले तालमा अझै धेरै कुराहरुमा विकास हुन सक्ने बताए ।
सुर्खेतको बुलबुलेमा गत जेठ १७ गते देखि डुगां सञ्चालनमा आएको हो । डुगां सञ्चालन भए लगतै बुलबुलेमा डुगां चढनेहरु आउनेको संख्या बढ्न थालेको हेरालु न्यौपानेले जानकारी दिए । उनले भ्याली देखि बाहिरका धेरै पर्यटक र पिकनिकमा आउने गरेको बताए ।
बुलबुलेमा विकास निर्माणका लागि सडक, बत्ती, शौचालय र तारजाली लगायतका पूर्वाधार निर्माणको काम भइरहेको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष ध्रुवकुमार चपाईले जानकारी दिएका छन । उनले पहिले भन्दा अहिले बुलबुलेमा धेरै विकास भएको दावी गरे ।
बुलबुलेमा शहरी विकास विभाग, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पूर्वाधार विकासका काम भइरहेको अध्यक्ष चपाईले बताए । उनले आफ्नो कार्यकालमा पिकनिक सेटहरु, शौचालय र बाटाहरु निर्माण गर्नुकासाथै ती स्थानमा तारबार लगाएको बताए ।
बुलबुलेमा विषेशगरी संरक्षण्का लागि पर्खाल र मुलगेट बनाउने आफ्नो लक्ष्य रहेको अध्यक्ष चपाईंले जानकारी दिएका छन । अहिलेको अवस्थामा बुलबुलेबाट वार्षिक १२ लाख आम्दानी भइरहेको र पर्खाल लगाएमा वार्षिक २५ लाख सम्म आम्दानी हुन सक्ने अध्यक्ष चपाईंले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share