मङ्लबार, असार २१, २०७९

आइसल्याण्डले रच्यो इतिहास, नाटकीय जितसँगै अन्तिम १६ मा

९ असार २०७३, बिहीबार ०७:५८

Icelandकाठमाडौं ।

अन्तिम मिनेटको गोलको मदतमा आइसल्याण्डले युरो कपमा अष्ट्रियामाथि नाटकीय जित आत पारेको छ । युरो कपमै पहिलो जित दर्ता गरेको उसले नकआउट चरणमा स्थान बनाएको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा आइसल्याण्डले अष्ट्रियालाई २-१ गोल अन्तरले हराएको छ ।

जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ ।

आइसल्याण्ड युरोकप खेल्ने अहिलेसम्मकै सानो देश हो । त्यहाँको जनसंख्या ३ लाख ३० हजार मात्र छ । तर, उसले पहिलो सहभागितामा नै युरो कपको नकआउट चरणमा पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share