आइतवार, अशोज ३१, २०७८

आइफोन भन्दा एन्ड्रोइड प्रयोगकर्ता बढि इमान्दार

१९ भाद्र २०७३, आईतवार ०९:४५

iphoneतपाइँले प्रयोग गर्ने स्मार्टफोनले तपाइँको स्वभावको बारेमा धेरै कुरा बताउँदछ । हालैको एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ ।

जस अनुसार आइफोन प्रयोग गर्ने मानिसहरुको तुलनामा एन्ड्रोइड स्मार्टफोन चलाउने मानिसहरु धेरै इमान्दार तथा विनम्र हुन्छन् ।

अमेरिकाको लिंकन विश्वविद्यालय तथा लेंगकस्टर विश्वविद्यालयका शोधकर्ताहरुले गरेको संयुक्त अनुसन्धान अनुसार एन्ड्रोइड प्रयोगकर्ताहरु आइफोन प्रयोगकर्ताको तुलनामा धेरै उदार पनि हुन्छ ।

तर आइफोनधारीहरु एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा बढि मिलनसार हुने अध्ययनले देखाएको छ ।
लैंगिक रुपमा पनि स्मार्टफोनको छनोट फरक फक हुन्छ । आइफोन प्रयोग गर्ने चाहना पुरुषको तुलनामा महिलामा दोब्बरले बढि हुने पाइएको छ ।

त्यस्तै आइफोन प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा अलिक दम्भ गर्ने र आफुलाई एन्ड्रोइड प्रयोगकर्ता भन्दा उच्च स्तरको सम्झिने गर्दछन् ।

यो अध्ययनमा विभिन्न खाले स्मार्टफोन प्रयोग गर्ने दुइ सय चालिस जना मानिसलार्य सहभागी गराइउको थियो र उनीहरुको व्यक्तित्व तथा स्वभावका विषयमा विभिन्न प्रश्न सोधिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share