शनिबार, माघ ८, २०७८

अोलीलार्इ ४५ सिट अावश्यक

२९ असार २०७३, बुधबार ०७:१२

काठमाडौ, २९ असार -नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ।

 ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्।

 संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो।

 यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ। अहिले सरकारका पक्षमा २ सय ५३ जनाको मात्र समर्थन रहेको छ।राजधानी दैनिकमा समाचार छ।

 सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको हो।

 कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यक पर्छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share