बुधबार, माघ ५, २०७८

अस्पताललाई रु बयालिस लाख सहयोग

२१ असार २०७३, मंगलवार १८:१६

धनगढी, २१ असार । धनगढी उपमहानगरपालिका—३ बोराडाँडी निवासी देवकीदेवी अवस्थीले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष सञ्चालनका लागि रु ४२ लाख सहयोग गरेका छन ।

अस्पतालमा आज आयोजित कार्यक्रममा श्रीमती अवस्थीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज पाण्डेयलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

श्रीमती अवस्थीले पति कृष्णदत्तको सघन उपचार कक्षमा राखेर समयमै उपचार पाउन नसकी निधन भएको स्मरण गर्दै पतिको स्मृतिमा अस्पतालको सघन उपचार कक्षको व्यवस्थापनका लागि उक्त रकम दान गरेका हुन  ।

अस्पतालमा दाताका नाममा लेखिएको शिलालेखको कैलालीका प्रजिअ गोविन्द रिजालले अनावरण गर्नाका साथै दाता अवस्थीलाई सम्मान गरे  ।  अस्पतालले उक्त रकम सघन उपचार कक्षको व्यवस्थापनका साथै असहाय र गरिबको उपचारमा खर्च गर्ने जनाएको छ । अस्पतालमा एक वर्षअघि सघन उपचार कक्ष स्थापना गरिएको थियो । रासस÷

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share