सोमवार, मंसिर २०, २०७८

अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा

१७ जेष्ठ २०७३, सोमबार १५:३३

काठमाडौँ, १७ जेठ ।

यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ ।

करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’ खोल्न लागेका हुन् । आज यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालकसमेत रहेका केसीले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा दिने तथा स्वदेशमै उत्कृष्ट सेफ उत्पादन गर्ने उद्देश्यले उक्त कलेज स्थापना गर्न लागेको बताए ।
नौ महिने कोर्षमा कलेजले सैद्धान्तिकभन्दा प्रयोगात्मक ज्ञान दिने बताइयो । विद्यार्थीले छ महिना सैद्धान्तिक ज्ञान र प्रयोगात्मक शिक्षा सँगसँगै सिक्ने र थप तीन महिना अस्ट्रेलिया, दुबई, मकाउ, मलेसियालगायत देशमा रहेका स्तरीय होटलमा प्रयोगात्मक शिक्षाका लागि कलेजले व्यवस्था मिलाउने छ । कलेजले अस्ट्रेलिया र नेपालका लोकप्रिय सेफहरुबाट प्रत्येक हप्ता कक्षा सञ्चालन गर्नेछ । पढाइ पूरा भएपछि बेरोजगार बस्नु नपर्ने कलेजको दाबी छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share