शुक्रबार, असार १७, २०७९

असुरक्षित गर्भपतन बढ्यो

२७ जेष्ठ २०७३, बिहीबार १२:१०

भीमदत्तनगर, २७ जेठ ।

सरकारबाट मान्यता पाएकाबाहेकका स्वास्थ्य संस्थाले समेत अवैध रुपमा गर्भपतन गर्न थालेपछि कञ्चनपुरमा असुरक्षित गर्भपतन बढदै गएको छ । कञ्चनपुरका ग्रामीण भेगका महिलाले अवैधानिक रुपमा सूचीकृत नभएका स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीबाट असुरक्षित गर्भपतन गराइरहेको देखिएको छ ।
सरकारले कञ्चनपुरमा महाकाली अञ्चल अस्पताल र नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुर शाखालाई सुरक्षित गर्भपतन गर्ने मान्यता दिएको भए पनि यहाँका ग्रामीण बस्तीमा सञ्चालित स्वास्थ्य संस्थाले पनि उक्त अवैध कार्यलाई निरन्तरता दिँदा अवैध गर्भपतन गराउदै आएपछि गर्भपतन बढेको हो ।
केही वर्षअघि कञ्चनपुरको झलारी बजारमा मेडिकलमा गर्भपतन गराउँदा एक जना महिलाको ज्यानसमेत गएको थियो । पछिल्लो समय गाउँमा खुल्ला रुपमा गर्भपतन र सोसम्बन्धी औषधि वितरण भइरहँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको सरोकारवालाहरुको गुनासो छ ।
यसरी असुरक्षित र सोबारे जानकारी नलिई उक्त कार्य गर्दा महिलामा विभिन्न समस्या देखिने गरेको कञ्चनपुरको झलारीस्थित स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब हरिनाथले बताए । “महिलाहरु अझै सुरक्षित गर्भपतनका लागि मान्यता प्राप्त केन्द्रहरुमा पुग्न अप्ठ्यारो पनि मान्छन् ।” उनले भने – “ग्रामीण भेगमा पनि यसबारे जनचेतना जगाउनु जरुरी छ ।” यहाँस्थित परिवार नियोजन सङ्घका शाखा प्रबन्धक शिवराजसिंह बलायरका अनुसार कतिपय सूचीकृत नभएका केन्द्रले पनि सुरक्षित मातृत्वसम्बन्धी लोगो राखेर अवैधानिक गर्भपतन गराउँदै आए पनि सरकारी क्षेत्रबाट अनुगमन हुन सकेको छैन् ।
परिवार नियोजन सङ्घ कञ्चनपुर शाखाबाट गएको पुसदेखि वैशाखसम्म जम्मा तीन सय २९ जनाले सुरक्षित गर्भपतन गराएका छन् भने गत वर्ष सन् २०१५ मा आठ सय ३२ जनाले सुरक्षित गर्भपतन गरेको उनले जानकारी दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share