शनिबार, माघ ८, २०७८

असारको अन्तिम समयमा आएको विकास बजेटले समस्या

२१ असार २०७३, मंगलवार १९:०२

सुर्खेत, २१ असार ।
सडक निर्माणका लागि आएको बजेट खर्च गर्न बोलपत्र निकाल्ने वा उपभोक्ता समिति मार्फत काम गर्ने समय अवधि आवश्यक हुन्छ, तर त्यसका लागि अवधि नभएको अवस्थामा खर्च गरिएको बजेट सदुपयोग हुने संभावना कमै हुन्छ ।
यस्तै अन्तिम समयमा सुर्खेत जिल्ला विकास समितिमा विकास निर्माणमा आएको बजेट सदुपयोग हुन नसक्ने भन्दै खर्चका विषयमा विवाद देखिएको छ । सुर्खेतको तीन वटा सडकमा खर्च गर्ने गरी आएको बजेट जिल्ला विकास समिति र राजनीतिक दलका लागि विवादको विषय बनेको हो ।
वर्ष भरी गरिने कामको भुक्तानी दिने अन्तिम मिति असार २५ गते आउन ९ दिन मात्रै बा“की रह“दा सुर्खेतमा आएको स्थानीय विकास मन्त्रालय अन्र्तगतको १ करोड ३५ लाख रुपैया“को बजेट राजनीतिक दल र जिल्ला विकासका लागि टाउ“को दुखाइको विषय हुन पुगेको छ ।
त्यति मात्र नभएर अन्तिम समयमा आएको बजेट खर्च गर्ने बारे जिल्ला विकास समिति र राजनीतिक दलहरु बीच छलफल भइरहेको अवस्थामा कार्यादेश भएर काम भइसकेको भन्ने सूचना बाहिर आएपछि मंगलवार स्थानीय विकास अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना नै जारी गर्नु परेको छ ।
जिल्ला विकास समितिबाट पछिल्लो समयमा आएको बजेट खर्च गर्ने बारे कसैलाई कार्यादेश नदिएको र त्यसरी गरिने कामको भुक्तानी नहुने भन्दै स्थानीय विकास अधिकारी रेग्मीले फेसबुक मार्फत सूचना जारी गरेका थिए ।
क्रमागत योजनाका रुपमा रहेका उपत्यकाको चक्रपथ, गढी–लेखगाउ“–धनरास र बाबियाचौर–भक्तडी सडक निर्माणका लागि ४५ लाख रुपैया“का दरले खर्च गर्ने कार्यक्रम असार १६ गते जिल्ला विकास समितिमा पत्र प्राप्त भएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
जिल्ला विकास समितिमा पत्र प्राप्त भएको भोली पल्ट असार १७ गते देखि नै उक्त तीन वटा सडक निर्माणका लागि आएको कार्यक्रम बारे राजनीतिक दलहरुस“ग पा“च पटकसम्म बैठक बस्दा समेत सहमति हुन नसकेको स्थानीय विकास अधिकारी रेग्मीले बताए । उनले ठेक्का गर्ने र उपभोक्ता समिति गठन गर्ने समय नभएकाले दलहरुको सहमतिमा हुन सक्ने काम गर्ने बारे छलफल जारी रहेको बताए ।
नेपाली का“ग्रेसका सभापति कमलराज रेग्मीले जिल्लामा आएको विकास बजेट दुरुपयोग नगरी खर्च गर्ने विषयमा जिल्ला विकास समिति र राजनीतिक दलहरु बीच छलफल जारी रहेको बताए । उनले दलहरु बीच सहमति नहुँदा समस्या भएको जनाए ।
एमाले सुर्खेत अध्यक्ष धु्रवकुमार शाहीले अन्तिम समयमा आएको बजेट दुरुपयोग हुने भएकाले खर्च गर्न नहुने बताए । उनले सडक खन्ने नभई सरकारी रकम धुलाउने बदनियत भएकाले राजनीतिक दलहरु मुछिन नहुने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share