बिहिबार, माघ १३, २०७८

अवैध मदिरा नियन्त्रणमा

२७ असार २०७३, सोमबार १४:२६

मुस्ताङ, २७ असार । जिल्ला प्रशासन कार्यालय मुस्ताङले मार्फास्थित नरबहादुर हिराचनको कम्पनी र होटलबाट ठुलो परिमाणमा आइतबार अवैध मदिरा नियन्त्रणमा लिएको छ ।

बजार अनुगमनका क्रममा त्यहाँ पुगेका सरकारी टोलीले हिराचनको डिस्टिलरी कम्पनीबाट ५४ बोतल अवैध स्याउको ब्रान्डी नियन्त्रणमा लिएको हो । ती बोतलमा अन्तशुल्कको स्टिकर नलगाइएका कारण नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका लेखापाल यमनाथ पौडेलले जानकारी दिए  । उनका अनुसार, मार्फास्थित कोसेली घरबाट १०१ बोतल, सस्तो होटल पसलबाट ६ बोतल ब्रान्डी, टुकुचे गाविसस्थित कमला थकालीको घरबाट ११ बोतल, ज्ञानबहादुर थकालीको घरबाट २५५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको छ ।

अवैध मदिरालाई नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए । पहिलो चरणमा स्थानीय व्यवसायीलाई सचेत गराइए पनि अटेर गर्ने व्यवसायीबाट मदिराजन्य पदार्थ नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ । मुस्ताङमा स्याउबाट ब्रान्डीलगायतका घरेलु मदिरा उत्पादन गर्ने गरिन्छ । घर–घरमा सत्कार स्वरुप राखिएका मदिरा पनि नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि स्थानीयवासी भने आक्रोशित बन्न थालेका छन् ।

वैशाख महिनादेखि विभिन्न सरोकारवाला निकायको सहकार्यमा बजार अनुगमनलाई तीव्रता दिइएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share