बिहिबार, माघ १३, २०७८

अवैध क्लिनिक सञ्चालन गर्ने भारतीय पक्राउ

९ असार २०७३, बिहीबार ०७:०७

काँकडभिट्टा (झापा), ९ असार । अवैध रुपमा भद्रपुरमा दन्त क्लिनिक सञ्चालन गर्दै आएका भारतीय नागरिक मनोहर समदार पक्राउ परेका छन् ।

उनलाई औषधि व्यवस्था विभाग विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उघोग कार्यालयकोे संयुक्त अनुगमन टोलीले क्लिनिकबाटै पक्राउ गरेको हो ।

टोलीले नेपालमा प्रतिबन्धित ३० प्रकारका औषधिसमेत उनको क्लिनिकबाट नियन्त्रणमा लिएको जनाएको छ । भारत खोरीबारी घर भएका समदार विगत १० वर्षदेखि झापाको भद्रपुरमा क्लिनिक खोलेर दाँत र कानको उपचार गर्दै आएका थिए । उनलाई ठगीसम्बन्धी मुद्दा दायर गर्ने टोलीले जनाएको छ ।

टोलीले तीन दिनदेखि झापाका विभिन्न क्षेत्रका औपधि पसल, अस्पताल, क्लिनिक, तथा ल्याबको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत प्रमोद भट्टराईले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share