सोमवार, असार १३, २०७९

अवैधानिक तबरबाट अफगानिस्तान जाने क्रम यथावत्

८ असार २०७३, बुधबार १४:१९

काठमाडौँ, ८ असार ।

अफगानिस्तानमा मारिएका १२ जनामध्ये ११ जन वैधानिक बाटो र एक गैरकानुनी ढङ्गबाट त्यहाँ पुगको भेटिएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सुनसरीका अकुर तामाङ अफगानिस्तान गएको विवरण वैदेशिक रोजगार विभागको विवरणमा नदेखिएकाले उहाँ अवैधाननिक बाटोबाट विदेश गएको हुनसक्ने जानकारी गराए ।

यही असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका ११ र घाइते सातजना भने वैधानिक बाटोबाटै विदेश गएको भेटिएको बताए । अवैधानिक बाटोबाट गएकाहरुले बिमाबापतको रु १० लाख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट प्राप्त हुने तीन लाखलगायतका सुविधा पाउँदैनन् । उनीहरुलाई सुविधा दिन छुट्टै निर्णय गर्नुपर्ने सचिव लम्सालले बताए ।

आर्थिक वर्ष २०६२÷६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएका छन् । जसमध्ये पाँच हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र र तीन हजार ३२३ जना म्यानपावरमार्फत संस्थागत श्रम स्वीकृतिमा गएका छन् ।

अवैधानिक ढङ्गबाट समेत १० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share