बिहिबार, माघ १३, २०७८

अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

१७ असार २०७३, शुक्रबार ०७:४९

बैतडी, १७ असार ।

बुधबार राति परेको पानीका कारण झरेको पहिरोले अवरुद्ध बनेको बैतडीको खोडपेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग सञ्चालन भएको छ ।

पानीसँगै मटेला नजिकै पर्ने जाल्याबगरमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग बिहीबार बेलुकाबाट सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उनले भने, “तीन चार ठाउँमा पहिरो गएका कारणले सडक खुलाउन समय लागेको हो, बिहानैदेखि डोजरले पहिरो पन्छाउन सुरु गरेको थियो ।”

यसअघि बुधबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रने कुनै पनि गाडी चल्न नसक्दा यात्रु अलपत्र परेका थिए । सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दीपायल, डोटी, अछामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका गाडी तथा यात्रु राजमार्ग सञ्चालन भएपछि आ–आप्mनो गन्तव्यतिर गएका प्रहरीले बताएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share