शुक्रबार, असार १७, २०७९

अवरुद्ध एक्सरे सेवा सुचारु

२० कार्तिक २०७३, शनिबार ०९:५०

बैतडी, २० कात्तिक । जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि शुक्रबारदेखि एक्सरे सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।

झन्डै १८ वर्ष पुरानो एक्सरे मेसिन बेलाबेलामा बिग्रन थालेपछि गएको भदौ महिनादेखि एक्सरे सेवा नै प्रभावित भएको थियो ।

एक्सरे सेवा सुचारु भएपछि सो सेवाका लिनका लागि सीमावर्ती भारतको पिथौरागढ र अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share