सोमवार, मंसिर २०, २०७८

अल्जेरियाको सडक दुर्घटनामा तेत्तीस जनाको मृत्यु, बाइस घाइते

२२ जेष्ठ २०७३, शनिबार १८:३०

अल्जाएर्स (अल्जेरिया), २२ जेठ । अल्जेरियाको आफ्लु सहर नजिकै शनिबार भएको एक सडक दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।

घटनामा बसमा यात्रा गरिरहेका २२ जना अल्जेरियाली नागरिक घाइते भएका छन् ।
अल्जेरियाको राजधानी अल्जाएर्सबाट ४०० किलोमिटर दक्षिणमा उक्त रात्रिबस र ट्रक एकआपसमा जुधेपछि बस एक चट्टानमाथि नदीको किनारमा परेको बताइएको छ । बस चट्टानमाथि परेपछि बसमा आगलागी भएको र बसका अधिकांश यात्रुले आगोले जलेरे ज्यान गुमाएका बताइएको छ ।
घाइते मानिसहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि धेरैको चोट गम्भीर प्रकारको भएकाले मृतक सङ्ख्या बढ्न सक्ने एपिएस न्यूज एजेन्सीले नागरिक रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बताएको छ ।
अल्जेरियामा कमजोर सडक संरचनाका कारण करिब चार हजार मानिसले हरेक वर्ष ज्यान गुमाउने गर्छन् । रासस/एएफपी
प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share