बिहिबार, माघ ६, २०७८

अलैँचीका बिरुवा वितरण

९ असार २०७३, बिहीबार १२:१२

इलाम, ९ असार । जिल्ला कृषि विकास कार्यालयले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ ।

अलैँची विकास केन्द्र फिक्कल, विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो । यस वर्ष कार्यालयले एक लाख ६८ हजार विरुवा वितरण गर्ने जनाएको छ । ती बिरुवा तीन नगरपालिकासहित ४३ गाविसका किसानलाई वितरण गरिने छ ।

अलैँचीको व्यावसायिक खेती गर्ने किसानले अहिले निजी बगानले उत्पादन गरेको बिरुवासमेत किनेर बगान विस्तार गरिरहेका छन् । गानो कुहिने, छिर्केफुर्के, डढुवालगायत रोगले मासिएपछि कार्यालयले अलैँची विकास केन्द्रले उत्पादन गरेका बिरुवा अनुदानमा उपलब्ध गराएको हो ।

“निरोगी बिरुवाको माग १२ लाख हाराहारीमा छ, तर हामीले बर्सेनि दुई÷तीन लाख मात्र दिन सकिरहेका छौँ,” कार्यालयका प्राविधिक सहायक उद्धव पौडेलले भने । विभिन्न जिल्लाबाट समेत अलैँचीको बिरुवा माग भइरहेको छ । कार्यालयले जिल्लाका जिर्मले र साङ्रुम्बाका किसानले निजी बगानमा उत्पादन गरेको बिरुवा सस्तोमा खरिद गरेर किसानलाई उपलब्ध गराउँदै आएको छ ।

अहिले बजारमा सरदर प्रतिमन रु एक लाखको मूल्यमा अलैँची बिक्री भइरहेको छ । जिल्लाका छ हजार ५९ किसानले एक हजार ५५० हेक्टर क्षेत्रफलमा खेती गरी ५५८ मेट्रिक टन अलैँची उत्पादन गरेको छ भने रु एक अर्ब नौ करोड बराबरको अलैँची निकासी भएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share