मङ्लबार, कार्तिक ९, २०७८

अर्मेनियाको नयाँ प्रधानमन्त्री नियुक्त

२८ भाद्र २०७३, मंगलवार १७:१९

येरेभ्यान (अर्मेनिया), २८ भदौ । अर्मेनियामा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । करेन कारापेटयान नयाँ प्रधानमन्त्रीमा नियुक्त  भएका हुन् ।

अमेर्नियाको राष्ट्रपति कार्यालयको जनसम्पर्क तथा आमसञ्चार विभागले नयाँ प्रधानमन्त्री नियुक्त भएको मङ्गलबार जानकारी दिएको छ ।

गत बिहीवार तत्कालिन प्रधानमन्त्री होभिक अब्राहम्यानले राजिनामा दिने घोषणा भएपछि नयाँ प्रधानमन्त्री चयन गरिएको बताइएको छ ।

देशको आर्थिक वृद्धि अति विलम्ब गतिमा अगाडि बढी रहेको र हिंसामा द्रुततर वृद्धि भइरहेकाले आफुले पदबाट राजिनामा गर्नुपरेको उनले बताएका थिए ।

एसियाली विकास बैङ्कको तथ्याङ्कअनुसार, करिब ३० प्रतिशत अर्मेनियाली जनता सरकारले निश्चित गरेको गरिबीको रेखा मुनि रहेका छन् ।

सन् १९९५ मा सांसदमा निर्वाचित भएपछि प्रधानमन्त्री अब्राहम्यानको केन्द्रीयस्तरको राजनीतिक यात्रा सुरु गरेका थिए ।

राष्ट्रिय महत्वका बहुसङ्ख्यक उच्च ओहोदा सम्हाल्दै राष्ट्रिय सभाको अध्यक्ष पदको जिम्मेवारीसमेत बहन गरिसक्नु भएका अब्राहम्यानले सन् २०१४ को अप्रिलमा प्रधानमन्त्री पदमा नियुक्ति पाएका थिए । रासस÷सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share