बिहिबार, माघ ६, २०७८

अर्घाखाँचीमा कागती मिसन सुरु

४ असार २०७३, शनिबार १४:५७

अर्घाखाँची, ४ असार । दाल तरकारीमा होस् या तातोपानीमा, निचोरेर खाँदा स्वादिलो हुने कागती उत्पादन हुने जिल्लाको रुपमा विकास गर्न लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा कागती मिसन सञ्चालन गरिएको छ ।

गत वर्षदेखि सुरु गरिएको कागती मिसन अभियानमा यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा एक गाविसमा १० हजारका दरले तीन गाविसमा ३० हजार बिरुवा लगाउन थालिएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले बताए ।

गएको वर्ष पनि तीन गाविस मरेङग, पटौटी र जुकेना गाविसमा १० हजारका दरले ३० हजार कागतीका बिरुवा लगाइएको अधिकृत खरेलले जानकारी दिए ।

कागतीलाई धेरै रोगका घरेलु उपचारको साथै सर्वत, जुस, अचारलगायतका परिकार बनाउन पनि प्रयोग गर्न सकिने भएकोले अन्य गाविस र सन्धिखर्क नगरपालिकामा समेत कागती उत्पादनलाई अगाडि बढाउन अभियान सञ्चालन गर्न थालिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share