बुधबार, मंसिर २२, २०७८

अम्बरको अवसान

२५ जेष्ठ २०७३, मंगलवार ०८:०७

काठमाडौँ, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन  बिहान २ बजेर ३७ मिनेटमा निधन भएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भने, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।”
भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उनकाे भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले  नेपाली गीतसङ्गीतमा योगदान गरेका थिए । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरेका थिए । उनले गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।
उनी नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति भएका थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share