शनिबार, मंसिर १८, २०७८

अमेरिका, बेलायत र इजरायल अझै पनि इरानका प्रमुख शत्रु : खामेनी

२२ जेष्ठ २०७३, शनिबार ०७:२६

तेहरान (इरान), २२ जेठ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले शुक्रबार इरानी टेलिभिजनद्वारा प्रसारित एक सम्वोधनमा अमेरिका, बेलायत र इजरायल अहिले पनि इरानको प्रमुख शत्रु भएको बताएका छन् ।

खामेनीले वासिङटनले तेहरानको आणविक हतियार सम्झौता सम्बन्धमा विलम्ब गराएको आरोप लगाएका हुन् ।
“अमेरिका, दुष्ट बेलायत र क्यान्सरयुक्त यहुदी राज्य (इजरायल) इरानका प्रमुख शत्रु हुन्”, इरानी सर्वोच्च नेता खामेनीले इरानी क्रान्तिकारी पूर्वज आयोतोल्लाह रुहाल्लाह खामेनीको २७ औँ स्मृतिदिवसका अवसरमा इरानी टेलिभिजनमा गरेको सम्बोधनमा बताए ।
सर्वोच्च नेता खामेनीले विश्व शक्ति राष्ट्रसँग सन् २०१५ मा गरिएको आणविक सम्झौताबारे र सन् २०१६ जनवरीदेखि कार्यान्वयन गरिएको बाेल्दै भने , अमेरिकाले आफ्नो प्रतिज्ञालाई तोडेको छ ।
हामी विश्व शक्ति राष्ट्रहरु चीन, फ्रान्स, रसिया, बेलायत एवम् अमेरिका र जर्मनीसँग (पी ५+१) आणविक हतियार सम्बन्धमा सम्झौता गर्‍यौँ ।
यसलाई थप बल मिलोस् भनेर अमेरिकासँग पनि छुट्टै वार्ता गर्‍यौँ ।
सम्झौतापूर्व अमेरिकाले केही प्रतिबद्धतासमेत जनायो र हामीले पनि प्रतिबद्धता जनायौँ । हामीले प्रतिबद्धता पूरा ग¥यौँ तर अविश्वासी अमेरिकाले विलम्ब गर्दै आएको छ, खामेनीले इरानी जनतालाई सम्बोधन गर्ने क्रममा बताए ।
जसले अमेरिकालाई विश्वास गरेको छ, उसले ठूलो गल्ती गरिरहेको छ र अमेरिकाले उसलाई झापड लगाउने छ, वर्तमान् राष्ट्रपति हसन रौहानीलाई इङ्गित गर्दै इरानी सर्वोच्च नेताले बताए ।
आणविक सम्झौता मध्य जनवरीमा कार्यान्वयनमा ल्याएपछि इरानमाथि लगाइएका केही अन्तर्राष्ट्रिय नाकाबन्दी हटाइएका छन् तर अमेरिका र यूरोपियन युनियनले इरानको क्षेप्यास्त्र कार्यक्रम, मानव अधिकारको अवस्थालगायतका कुरालाई थाँती राख्दै अमेरिकाद्वारा आतङ्कवादी सूचीमा राखेको लेबनानी हेजबुल्लाह समूहलाई समर्थन गरी अगाडि आएको, उनकाे भनाई थियो ।
इरानले हेजबुल्लाह समूहसँग वार्तामा बस्ने कुरा असम्भव रहने पनि सम्बोधनका क्रममा खामेनीले व्यक्त गरे ।
इरानमा आणविकसम्बन्धी करिब एक दशक लामो नाकाबन्दीका कारण तेहरानको अर्थतन्त्रमा ठूलो असर परेको छ ।
वर्तमान राष्ट्रपति हसन रौहानीले नयाँ संसदलाई गतहप्ता सम्बोधन गर्दै इरानको आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई पूरा गर्न प्रत्येक वर्ष ३० देखि ५० अर्ब अमेरिकी डलरको विदेशी लगानी आवश्यकता पर्ने बताए ।
तर यसबारे असहमति जनाउँदै सर्वोच्च नेता खामेनीले विदेशी लगानीमा भर पर्नुभन्दा आन्तरिक ‘प्रतिरोधक अर्थतन्त्र’ बारे सोच्न आग्रह गरेका छन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share