बुधबार, कार्तिक १०, २०७८

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

१ आश्विन २०७३, शनिबार १३:५५

बनेपा, १ असोज । काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ ।

सरकारले विभिन्न अभियुक्तको अभियोग प्रमाणित गर्न साक्षी उपस्थिति तथा खर्च व्यवस्थापनको कार्यक्रम ल्याएपछि उनीहरुलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

‘सरकारले साक्षीको सुरक्षासहित आर्थिक खर्च पनि व्यवस्थापन गरेको हुन्छ, त्यसैले हामीले यो काम गरेका हौँ उनले भने ।’ आर्थिक वर्ष २०७२ /०७३ मा अदालतमा उपस्थित गराइएको साक्षीका लागि रु एक लाख ७० हजार ३५२ खर्च भएको समेत प्रहरी उपरीक्षक बास्तोलले बताए ।

उनले एकजना साक्षीका लागि नायब सुब्बाको तलब बराबर कति दिन लाग्छ सोही अनुसार साक्षीको खर्च व्यवस्थापन हुने जनाउँदै प्रत्येक मुद्दामा साक्षी हुने विश्वास दिलाए । तीन वर्षअघिदेखि सरकारले साक्षीको सुरक्षासहित आर्थिक व्यवस्थापन गरेको हो ।

प्रहरीले काभ्रेपलाञ्चोकमा गत वर्ष एकसय ७८ थान मुद्दा दर्ता गरेकोमा एकसय ७४ थान मुद्दा अदालतमा पेस गरेको तर त्यसमध्ये ९५ थान मुद्दा मात्रै फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये ९१ थान सफल भएको र चार थान मुद्दा असफल भएको र ८३ थान मुद्दा विचाराधिन अवस्थामा रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताए ।

यसैबीच प्रहरीले जिल्ला अदालत, धुलिखेलबाट दोषी ठहर भई फरार रहेका २३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १४ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।

त्यस्तै २०७२ साउनदेखि अहिलेसम्म अनुसन्धानको क्रममा पाँचसय ७६ जनालार्ई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा फरार रहेका अझै ४२ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share