शनिबार, माघ ८, २०७८

अब विकासका लागि राजनीति गरौँ – मुख्यसचिव डा सुवेदी

२० असार २०७३, सोमबार १७:२५

पोखरा, २० असार । मुख्यसचिव डा सोमलाल सुवेदीले हामीले राजनीति धेरै ग¥यौँ अब विकासका लागि राजनीति गरौँ भनेका छन ।

लेखनाथनगरपालिकाको पचभैयामा वडा नं १०, ११ र १२ का जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले आज स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उनले मनैदेखि नै यसमा लागेर विकासका योजना अघि बढाउन सक्यौँ भने त्यसमा सरकार सहयोग गर्न तयार रहेको जानकारी दिए ।

मुख्यसचिव डा सुवेदीले लेखनाथमा बसपार्क, औद्योगिक क्षेत्र र ताल संरक्षणका योजनाअघि बढाउन स्थानीयसँग आग्रह गरे ।

लेखनाथनगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रताप घिमिरे, नगरपालिकाको सामुदायिक शाखाका प्रमुख मीना भण्डारी र शङ्करप्रसाद पौडेललगायतका वक्ताले स्वास्थ्य चौकीबाट स्थानीय जनता लाभान्वित हुने बताएका थिए ।

उक्त केन्द्रमा हाल एक÷एक जना अहेब, अनमी र कार्यालय सहयोगी राखेर स्वास्थ्य सेवा सुरु गरिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share