आइतवार, अशोज ३१, २०७८

अबको दश महिनामा संबिधान अन्त्य: कर्ण

२८ भाद्र २०७३, मंगलवार १५:५३

भक्तपुर, २८ भदौ । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संबिधान संशोधन नभएमा दश महिनामै संबिधानको अस्तित्व समाप्त हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा कर्णले ०४७ सालको संबिधान दश वर्ष नटिके जस्तै संबिधान संशोधन गरी मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संबिधानको अस्तित्व सकिने बताएका हुन् ।

karnaअंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस बिषयमा अनर्गल प्रचार प्रसार गरिएको भन्दै कर्णले आफूहरु वैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रवेश पाउनु पर्ने उनको भनाई छ ।

कर्णले मधेशको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको भन्दै निर्वाचन गर्छौ भन्दै सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप पनि लगाएका छन् । उनले सिंमाकन विवाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचान सहितको मधेशमा दुई प्रदेश निर्धारण गरिनुपर्ने बताए ।

भारतको विरोध गर्दैमा राष्ट्रवादी भइन्छ भन्ने भ्रम एक थरीका बुद्धिजीविमा र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने बताए । उनले भारतको बिषयमा बोले राष्ट्रघाती र चीनको सम्र्थन गरे राष्ट्रवादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको पनि उल्लेख गरे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share