शनिबार, असार ११, २०७९

अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री वितरण

९ असार २०७३, बिहीबार ११:३६

जुम्ला, ९ असार । यहाँका १८ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोग तथा आइएनएफ जुम्लाको साझेदारीमा अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले यी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

केन्द्रले सञ्चालन गरेको सवलता परियोजनाअन्तर्गत पठनपाठनका सामग्री वितरण गरिएको अध्यक्ष नन्दराज धितालले जानकारी दिए । उनले जुम्लाको दुर्गम गाविस पातारासी, घोडेमहादेव र तातोपानीका १८ जना अपाङ्ग बालबालिकालाई सहयोग गरेको बताए ।

उनीहरुलाई झोला, कापी, सिसाकलमलगायतका आवश्यक सामग्री वितरण गरिएको छ । त्यसैगरी, घरको आर्थिक अवस्था निकै कमजोर भएका चार बालबालिकालाई पोसाक र जुत्ता उपलब्ध गराइएको सवलता परियोजनाका संयोजक नेत्रबहादुर शाहीले जानकारी दिए ।

तातोपानी गाविसका अति अशक्त बालिका रीता खत्रीलाई भने नजिकको बोर्डिङ स्कुलमा अध्यापन गराउन संस्थाले पूर्ण सहयोग गरेको संयोजक शाहीको भनाइ छ । केन्द्रले अपाङ्गता भएका बालबालिकालाई बर्सेनि छात्रवृत्ति उपलब्ध गराउँदै आएको जनाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share