शुक्रबार, असार १७, २०७९

अपाङ्गता भएका महिलाका लागि सशक्तीकरण परियोजना

१० जेष्ठ २०७३, सोमबार ०८:०६

कञ्चनपुर, १० जेठ ।
अपाङ्गता भएका महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कञ्चनपुरमा अपाङ्गता भएका महिलाको सशक्तीकरण परियोजना सञ्चालनमा ल्याइएको छ । नेपाल अपाङ्ग महिला सङ्घ सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय महेन्द्रनगरले अपाङ्गता भएका महिलाको निर्णय प्रक्रियामा पहुँच तथा सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्नका लागि परियोजना सञ्चालनमा ल्याएको हो ।
परियोजना बाँकेको मटिहिया, मनिकापुर, बासुदेवपुर र कञ्चनपुरको बेदकोट नगरपालिका, बेलडाँडी नगरपालिका, झलारी पिपलाडी नगरपालिका, पुनर्वास नगरपालिका, देखतभूली, शङ्करपुर र बाइसेविचवा गाविसमा सञ्चालन गरिएको छ । परियोजनाअन्तर्गत अपाङ्गता भएका महिलाको आर्थिक सशक्तीकरण, वकालत पैरवी, बीउ पुँजी प्रदान, सचेतना अभिवृद्धि, छात्रवृत्ति प्रदान र महिला आवाज रेडियो कार्यक्रम उत्पादन एवम् प्रसारण गरिने परियोजनाका संयोजक वीरबहादुर नेपालीले बताउनुभयो ।
सन् २०१६ देखि सन् २०२० सम्म सञ्चालन हुने परियोजनामा पहिलो वर्षका लागि रु २६ लाख तीन हजार ९७० रकम परिचालन गरिने छ । अपाङ्गता भएका महिलालाई बीउ पुँजी प्रदान गरी आर्थिकरुपमा आत्मनिर्भर बनाउने, निरन्तर बचत गर्ने र लगानी परिचालन गर्ने बानीको विकास गर्ने, स्वावलम्बी समूहलाई सहकारीका रुपमा दर्ता गर्ने र संस्थाको भौतिक संरचना निर्माण गर्नका लागि पहल गर्ने परियोजनाको उद्देश्य रहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share