मङ्लबार, असार २१, २०७९

अपराध अनुसन्धानमा अडिग भएर लाग्छुः डिआइजी नेपाल

४ असार २०७३, शनिबार ०८:२७

जुम्ला, ४ असार ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले तस्कर नियन्त्रण, लागुऔषध दुव्र्यसनी र अपराध अनुसन्धानमा अडिग भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छ ।

कर्णाली राजमार्ग भएर जुम्ला आइपुग्नुभएका प्रहरी नायब महानिरीक्षक नेपालले जुम्लाका राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाज, महिला सञ्जाल तथा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा शुक्रबार भने – अहिले तस्करी, लागुऔषध ओसारपसार र विभिन्न अपराधका घटना बढिरहेका छन्, यिनलाई न्यून गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । महिलाविरुद्ध भएका समग्र घटनाको सरल सुनुवाइका लागि कर्णालीका दूरदराजमा स्थापित चौकीमा महिला दरबन्दी कायम गर्न सातदेखि नौ महिना कुर्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।

जुम्ला सदरमुकाममा भएका एवम् हुनसक्ने चोरी, डकैती, अवैध व्यापार व्यवसायमा कडा निगरानी राख्न उहाँले प्रहरी अधिकृतलाई निर्देशन दिए । मदिराको खुला बिक्री वितरण र महिला हिंसा न्यूनीकरणका लागि स्थानीय प्रशासन तथा नागरिक समाजको संयुक्त सहकार्यबाट मापदण्ड तोक्न अनुरोध गर्दै उहाँले त्यसको कार्यान्वयन प्रहरी सङ्गठनले गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वर्ष पुस ४ गते भएको आगलागीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले जिम्मा लिएको, सहज सेवा प्रवाहका लागि प्रतिष्ठान जुम्लामा प्रहरी विट स्थापना गर्ने, कर्णाली प्राविधिक शिक्षालयमा पनि प्रहरी विट स्थापना गर्ने र जिल्लाको शान्ति सुरक्षा अमनचैन कायम गर्न थप दरबन्दीका लागि आवश्यक पहल गर्ने मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अन्तक्र्रियामा राजनीतिक दललगायतका सहभागीले स्थानीयस्तरमा उत्पादित मदिरा, सडक छेउमा निर्मित बस्तीमा भइरहेको यसको अवैध कारोबारमा प्रहरी प्रशासनले अनुगमन तथा नियमन गर्न र कर्णालीमा प्रहरी कोटा थप्न अनुरोध गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share