आइतवार, असार १९, २०७९

अन्तिम मिनेटको गोलसँगै इंग्ल्याण्डको पहिलो जित, वेल्स हार्‍यो

३ असार २०७३, शुक्रबार ०७:३३

England-1काठमाडौं । ड्यानिअल स्टरेजले अन्तिम मिनेटमा गोल गरेपछि इंग्ल्याण्डले युरो कप फुटबलमा महत्वपूर्ण जित हात पारेको छ ।

बिहीबार भएको आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्द्वी वेल्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अतिमतिर एक गोलले पछि परेको इंग्ल्याण्डले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्‍यो र दुई सब्सिच्युडको गोलमा बेल्सलाई हराउन सफल भएको छ ।

लेन्समा भएको खेलमा वेल्सले ४२ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । उनले करिव ३० यार्ड टाढाबाट फि्रकिकमा उत्कृष्ट गोल गरे ।

तर, दोस्रो हाफको सुरुमा नै इंग्ल्याण्डले दुई महत्वपूर्ण परिर्वतन गर्‍यो । हृयारी केनको स्थानमा जेमी भर्डी र स्टर्लिङको स्थानमा स्टरेज मैदान प्रवेश गरे ।

मैदान प्रवेश गरेको ११ औं मिनेटमा नै भर्डीले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा स्टरेजले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाएका छन् ।

जितसँगै दुई खेलबाट ४ अंक जोडेको इंग्ल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ भने ३ अंक जोडेको वेल्स दोस्रो स्थानमा छ । स्लोभाकियाको पनि समान ३ अंक छ भने रसिया एक अंकसहित पुछारमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share