बुधबार, मंसिर २२, २०७८

अनुस्कालाई फकाउँदै विराट

२५ जेष्ठ २०७३, मंगलवार ०८:४२

Virat-Kohli-and-Anushka-Sharma-1024x637-1मुम्बई – विराट कोहली र अनुस्का शर्माले आफ्नो प्रेम प्रसङगका विषयमा प्राय खुलेर कुरा गर्दैनन् । तर यसको मतलब यो पनि होइन कि उनीहरु एक अर्कालाई माया गर्दैनन् । उनीहरु अहिले फुर्सदको समय मिलाएर एर्का अर्कालाई भेटिरहेका छन् ।

विराट कोहली आईपिएलमा व्यस्त हुदाँ पनि अनुस्कासँग समय मिलाएर भेट्ने गर्दथे । केही समय उनीहरुको सम्बन्धमा खट्पट आएको पनि थियो । तर पछिल्लोपटक फेरि मिलेको यो जोडीले अब सम्बन्ध राम्रो बनाउन कुनै कसूर बाँकी राखेको छैन् ।

विराटले अनुस्काका लागि यसरी मिलाए समय

विराटले मुम्बईमा शुक्रबार च्यारिटी डिनर गर्ने कार्यक्रम थियो । तर त्यसभन्दा दुई दिनअघि नै उनी अनुस्कालाई भेट्न पुगे । अनुस्का सुल्तान चलचित्रको सुटिंगका लागि हंगेरीको बुढापेस्ट जानु अगावै दुईबीच भेटघाट भयो ।

विराटले अनुस्काकै लागि भने एक इभेन्टस्मा भाग लिएनन् । यसअघि उनले जिक्यू वेस्ट डे«स्ड इभेन्टमा भाग लिनुपर्ने थियो । अनुस्का हंगेरी जानुअघि विराटले उनलाई विदाई गरेको र अन्त्यमा एयरपोर्टमा पुर्याएर किस गरेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share