शुक्रबार, कार्तिक ५, २०७८

अनावश्यक चासो नदिन प्रधानमन्त्री दाहाल मार्फत एमालेको सुझाव

२६ भाद्र २०७३, आईतवार १३:०८

काठमाडौ २६ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा राष्ट्रिय हित विपरितका कुनै सम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएको छ । एमालेका शीर्ष नेताहरुले आइतबार बिहान सिंहदरबार पुगेर ६ बुँदे पत्र बुझाएर राष्ट्रिय हित, मुलुकको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने किसिमका सम्झौता नगर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।

एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुको टोली लिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारका पालामा भारतसँग भएका सहमति र सम्झौतालाई नेपालको हित अनुकुल हुने गरी अघि बढाउने विषय राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् ।

एमालेले सन् १९५० को सन्धी र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने तथा दशगजा क्षेत्रमा अन्र्तराष्ट्रिय कानून विपरित बनाइएका संरचना हटाइनुपर्ने विषयमा नेपाल सरकारको स्पष्ट विचार राख्न पनि प्रधानमन्त्रीलाई सुझाएको छ ।

ओलीले भ्रमण पहिले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बैठक राखेर सुझाव लिने काम नगरिएका कारण आफैं पत्र बाकेर उपस्थित भएको बताएका थिए ।

एमालेले प्रधानमन्त्री दाहाललाई बुझाएको पत्रमा नेपालको भू–भाग जलमग्न हुने समस्या समाधान गर्ने नेपालको आन्तरिक मामिलामा अनावश्यकरुपमा सरोकार र चासो बढाउने काम नगर्ने लगायतका विषयमा भारतीय नेतृत्वसँग स्पष्ट रुपमा कुरा राख्न सुझाव दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share