मङ्लबार, असार २१, २०७९

अनसन रोकिंदैन: डा.केसी

२५ असार २०७३, शनिबार ०७:३०

काठमाडौ २५ असार – प्रा.डा.गोविन्द केसीले कसैले रोकेर आफनो पुर्व घोषित आमरण अनसन नरोकिने बताएका छन । उनले पुर्व घोषणा अनसार आइतवारदेखि शिक्षण अस्पताल परिसरमै अनसन सुरु गर्ने जनाएका छन् ।
‘म एक्लो भए पनि लडछु, यो सवै अख्तियार प्रमुखको काम हो, सन्त्रासको वातावरण श्रृजना गरेर स्वास्थ्य सेवा र शिक्षाको बेथितिविरुद्घको अभियान समाप्त पार्न सक्दैनन्’, उनले कान्तिपुरसँग भने-‘प्रमुख आयुक्त लोकमानसिंह कार्की, राजनीतिक दलका भ्रष्ट नेता र माफियाहरु मिलेर व्यापक दवाव दिएर चिकित्सा शास्त्र अध्ययन संस्थानलाई हाम्रो अभियान विरुद्घ विज्ञप्ती निकाल्न लगाएका हुन् ।’कान्तिपुर दैनिकमा खबर छ ।

उनले सरकारलाई माग पुरा गर्न दिएको अल्टिमेटमको दुई साता हुन लाग्दा पनि राज्य पक्ष वा कुनै निकायले हालसम्म आफूलाई सम्पर्क नगरेको उल्लेख गर्दै यसले नै सत्ताको नियत स्पष्ट पारेको बताए ।
‘शान्तिपुर्ण रुपले सात पटक आफू त्यहि परिसरमा अनसन वस्दा पठनपाठनलगायतमा वाधा नपर्ने, तर हाल अख्तियारको मान्छेले टेलिभिजन कार्यक्रममा केसीलाई अनसन वस्न दिनुहुन्न भन्दैमा हुन्छ त ?’, उनले प्रश्न गर्दै भने-‘लोकमानलाइ महाभियोग  लगाउनु पर्ने मागले गर्दा अनसन वस्न नदिन भ्रष्ट पदाधिकारी, कार्यकर्ता र माफियाहरुलाई परिचालन गरिएको छ ।’

 मुलुक असफल राज्य भएको र माफियाले देश चलाइ रहेको आरोप लगाउदै डा.केसीले भने, ‘लोकमान, प्रधानमन्त्री, भ्रष्ट नेताहरुले जस्तो सुकै दवाव देऊन्, षडयन्त्र गरुन्, म लडछु र आन्दोलन सफल गराएरै छाडछु ।’
डा.केसीले आफनो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि अख्तियार प्रमुख कार्कीले मेरिटको भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेको आरोप लगाए । अख्तियार प्रमुखले भ्रष्टहरुलाई संरक्षण दिएर र अन्य जिम्मेवार पदाधिकारीहरुलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेको दाबी गर्दै डा.केसीले कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्नसमेत लगाएको आरोप लगाए । अख्तियारले डा.केसी आरोपको प्रतिवाद गर्दै उनको स्वास्थ्य परिक्षण गराउन सरकारलाई आग्रह गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share