शनिबार, माघ ८, २०७८

अनशनमा १०४ जना सहभागी

१ असार २०७३, बुधबार १३:४८

पोखरा, १ असार ।
सङ्घीय गठबन्धनद्वारा काठमाडौँको खुल्ला मञ्चमा आयोजित रिले अनशनको ऐक्यबद्धता जनाउँदै तमुवान संयुक्त सङ्घर्ष समितिद्वारा पोखरामा सञ्चालित रिले अनशनमा १०४ जना सहभागी भएका छन् । जेठ २५ गतेदेखि सुरु एक हप्ते अनशन एक दिन बढाएर मङ्गलबारसम्म पु¥याइएको तमुवान सङ्घर्ष समितिका संयोजक हुम गुरुङले जानकारी दिए ।
प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनशन राखिएको थियो । संयोजक गुरुङका अनुसार समितिले असार मसान्तसम्मको थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकोे छ । जसअनुसार असार ७ गतेसम्म काठमाडौँ खुल्ला मञ्चमा भइरहेको रिले अनशनमा सक्रिय सहभागिता जनाउने, ८ गतेदेखि असार मसान्तसम्म गाउँगाउँमा जागरण, सङ्गठन निर्माण र असार २५ गते रक्तदान गर्ने कार्यक्रम छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share