सोमवार, मंसिर २०, २०७८

अनलाइन पत्रिका खवरइरा डटकम सुरु

१५ जेष्ठ २०७३, शनिबार १४:३२

सुर्खेत, जेठ १५ गते ।
गणतन्त्र दिवसको अवसर पारेर सुर्खेतमा अनलाइन पत्रिका खबरइरा डटकमको सुरुवात भएको छ । समृद्धिका लागि आर्थिक विकास भन्ने मूलमन्त्रका साथ पत्रकार मोतीलाल पौडेलको सम्पादकत्वमा अनलाइन पत्रिकाको सुरुवात भएको हो । शनिवार एक कार्यक्रमका वीच बाढीपीडित धनबहादुर दमाईले सो अनलाइन पत्रिकाको शुभारम्भ गर्नुभयो । कार्यक्रममा निमित्त क्षेत्रीय प्रशासक नारायण सापकोटाले आर्थिक समृद्धिको पाटोले नै मुलुकको विकास हुने हुँदा त्यसलाई प्राथDSC06031मिकता दिन सुझाव दिएका छन् । उनले अनलाइन पत्रिकाहरूको भीडमा सही र तथ्यमूलक समाचार पस्केर मन जित्न पनि जोड दिए ।
स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले अनलाइन पत्रिकाले जिल्लको सूचनाको पूर्वाधारमा महत्वपुर्ण टेवा दिने विश्वास व्यक्त गरे । उनले सूचनामैत्री वातावरणको विकास गर्नु अहिलेको आवश्यकता भएकोले समृद्धिका लागि सूचना र प्रविधिको मेल हुनुपर्नेमा जोड दिए । नेपाल प्रहरीका डिआईजी माधव नेपालले अनलाइन पत्रिकाको दुरूपयोग नगर्न सुझाव दिदैं सही सूचनामा अडिग रहन आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस सभापति कमलराज रेग्मी, एमाले सचिव मोहन बडुवाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष नरबहादुर विष्टले शुभकामना दिएका थिए । पत्रिकाका सम्पादक मोतीलाल पौडेलले गरीव र विपन्नको आर्थिक अवस्था सुधार नभएसम्म मुलुकको पनि विकास नहुने भएकोले आर्थिक पक्षलाई प्राथमिकता दिन खबरइरा अनलाइन पत्रिका संचालन गरिएको बताए । उनले अनलाइन पत्रिकाको दुरूपयोग हुन नदिने बचनसमेत दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share