मङ्लबार, माघ ११, २०७८

अठार किलो चरेससहित तीन युवक पक्राउ

७ असार २०७३, मंगलवार १८:१३

इलाम, ७ असार । इलामको पशुपतिनगर–४ फाटकबाट प्रहरीले १८ किलो चरेससहित तीन जना युवकलाई आज बिहान पक्राउ गरेको छ ।

डब्लुबी ७६/७४६६ नम्बरका भारतीय टाटासुमो गाडीबाट १८ किलो लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।

पक्राउ पर्नेमा धादिङ सेर्तुङ–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ, रूपन्देही गजेडी–७ का होमबहादुर पुन र टाटा सुमो चालक भारत दार्जिलिङस्थित सुकिया पोखरीका मिलन भनिने टासी शेर्पा छन् ।
उनीहरूबाट प्रहरीले भारतीय एक हजार दरका २० थान, पाँच सय दरका ५३ थान र नेपाली एक हजारको ७० थान नोट समेत बरामद गरेको छ । पक्राउ गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share