बिहिबार, माघ ६, २०७८

अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट

२८ जेष्ठ २०७३, शुक्रबार ०८:१५

दाङ, २८ जेठ । राप्ती अञ्चल दाङ जिल्लाको तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणि शर्माले जानकारी दिएका छन् ।

यो प्लान्ट नेपालमै पहिलोपटक सरकारी अञ्चल अस्पतालले सुरु गर्न लागेको हो । नेपाल सरकारबाट प्राप्त सहयोग रु एक करोड २५ लाख बजेटबाट ग्यास प्लान्ट निर्माण हुने अस्पतालले जनाएको छ । अक्सिजन ग्यास प्लान्टका लागि रु ८० लाख बराबरको टेन्डर भएको र निर्माणको जिम्मा पाएको मेडी अक्सिजन प्रालिलाई सो निर्माणको जिम्मा दिएको बताइएको छ ।
अक्सिजन प्लान्ट निर्माण सँगै अस्पताललाई आर्थिक भार पनि कम हुने बताइएको छ । सो प्लान्ट निर्माण सँगै अस्पताललाई आवश्यक पर्ने अक्सिजन बाहिरबाट ल्याउनु नपर्ने र अस्पताललाई आर्थिक भार पनि कम पर्ने अस्पतालले जनाएको छ ।
हाल दैनिक चार सिलिन्डर ग्यास अस्पतालमा खपत हुँदै आएको अस्पतालका मेसु डा भोलाराम श्रेष्ठले जानकारी दिए । अस्पतालले वार्षिक रु १५ लाखको अक्सिजन ग्यास बाहिरबाट आयात गर्ने गरेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share