आइतवार, असार १९, २०७९

अझै सुरु भएन गोल्डेन टेम्पलको पुनःनिर्माण

१९ कार्तिक २०७३, शुक्रबार ०६:४९

ललितपुर, १९ कात्तिक । गत वर्षको भूकम्पमा चर्किएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) को डेढ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु हुन सकेको छैन ।

फाइल फोटो
फाइल फोटो

मुख्य मन्दिरमा केही नभए पनि परिसरका भवन चर्किएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकाशरत्न धाख्वाले बताए । उनले भने, “छानाहरु पूरै नखसे पनि खस्केका छन् ।” झिँगटी र इँटाहरु खस्केको र भित्ता पनि चर्किएको उनले बताए ।

भूकम्पका समयमा सानो चर्किएको ठाउँमा पनि पराकम्पनले गर्दा ठूलो भएको छ । परिसर (मुख्य मन्दिर दायाँ–बायाँको भवन)मा पहिलो र दोस्रो तलामा मर्मत गरेर मजबुत बनाउनुपर्नेछ । तेस्रो तलामा भत्काएर नै गर्नुपर्ने उनले बताए । उनले भने, “पहिलेको स्वरुपमा कुनै परिवर्तन नआउने गरेर पुनःनिर्माण गर्नुपर्ने छ ।”

भारतीय दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारी प्रक्रिया लामो हुँदा सहयोग लिन कठिनाइ भएको उनले बताए । पुरातत्व विभागले स्वीकृति दिएपनि पुनःनिर्माण प्राधिकरणले स्वीकृत नगर्दा ढिलाइ भइरहेको उनले बताए ।

उनले भने, “सबै निकायबाट स्वीकृति लिएर चाँडो पुनःनिर्माण गरेर हामी पहिलेको स्वरुपमा फर्काउन लागेका छौँ ।” यो महाविहार सबैभन्दा ठूलो सर्वसङ्घ (सदस्यहरु) भएको महाविहार भएको स्थानीयवासीको दाबी छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share