बुधबार, कार्तिक १०, २०७८

‘अख्तियार प्रमुखको मुद्दा अस्वाभाविक’

३१ भाद्र २०७३, शुक्रबार ०७:३८

काठमाडौं, ३१ भदौं – सर्वोच्च अदालतले आफैँ खारेज गरेको जनहित याचिका (पिआइएल)माथि पुनरावलोकन सुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविद्हरूको भनाइ छ ।

एकपटक खारेज भएका याचिकामाथि फेरि आदेश दिने परम्परा यसअघि नेपालमा र विश्वमा समेत अभ्यास नभएको कानुनविद्हरूले बताएका छन् । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको विषयलाई लिएर परेको रिट निवेदनमा उठाइएका विषयहरू सान्दर्भिक नभएको भन्दै सर्वोच्चले ८ असोज ०७१ मा रिट खारेज गरेको थियो ।

तर, फेरि त्यही विषयमा रिट निवेदन दर्ता भएर अदालती प्रक्रिया सुरु भएकोमा कानुनविद्हरूले आश्चर्य व्यक्त गरेका छन् । ‘यस्ता रिट पनि दर्ता हुन्छन् भन्ने नजिर यसअघि थिएन, यसपालि सर्वोच्चमा जे भइरहेको छ, अनौठो भइरहेको छ,’ एक कानुनविद्ले भने ।

अदालती प्रक्रिया कानुन र अभ्यासका आधारमा चल्छ कि प्रतिशोधका आधारमा भन्ने प्रश्न अहिले उब्जिएको उनको भनाइ छ । न्याय प्रशासन ऐन, २०४८ को दफा ११९१० मा सर्वोच्च अदालतले के कुन मुद्दामा के कसरी पुनरावलोकन हुन सक्छ भन्ने व्यवस्था गरेको छ । आजको नयाँ पत्रिकामा खबर  छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share