सुर्खेत । यही मंसिर २९ गते हुने सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा २२ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । बुधवार उम्मेदवारी मनोनयनको अवधिमा धनबहादुर रावतको प्यानल र प्रकाश उप्रेतीको प्यानलबाट गरी ४३ जनाको उम्मेदवारी परेको छ । यद्यपि उम्मेदवारहरुको अन्तिम नामावली भने भाेली विहीवार अपरान्ह ५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
रावतको लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा धनबहादुर रावत, बरिष्ठ उपाध्यक्षमा बासुदेव शर्मा, बाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा हरि विष्ट, महिला उपाध्यक्षमा कृष्णाकुमार थापा, महासचिवमा लक्ष्मण कँडेल, सचिवमा रामप्रसाद पाण्डे र कोषाध्यक्षमा भद्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सदस्यहरुमा जनकबहादुर थापा, प्रेमप्रसाद पाण्डे, रमेश बराल, रामप्रसाद जैसी(राजु पाण्डे), दीपक खड्का, अक्कलबहादुर शाही, कर्णबहादुर शाही, हविव हुसेन, प्रेमबहादुर थापा, कपिलमणि सुवेदी, भीमप्रसाद पौडेल, विन्द्रप्रसाद जैसी (विशाल), रोजिना कार्की र यामुना सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी उप्रेतीको प्यानलबाट अध्यक्षमा प्रकाश उप्रेती, बरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, बाणिज्य उपाध्यक्षमा प्रवल शाही, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत, महिला उपाध्यक्षमा बसन्तीकुमारी बस्नेत (एकता), महासचिवमा कलाधर उपाध्यक्ष (केदार), सचिवमा शिवराज अधिकारी र कोषाध्यक्षमा गोविन्द पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा प्रेमबहादुर रावत, कृष्णप्रसाद सुवेदी, प्रकाशचन्द थापा, ऐवानबहादुर बुढा, लक्ष्मी कार्की (सिया प्रधान), टिकाकुमारी कँडेल, रेशमप्रसाद ढकाल, मदनबहादुर थापा, रामबहादुर गौतम, सिंहराज बम, तेजप्रसाद तिवारी, हरिकुमार श्रेष्ठ र लक्ष्मण खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । धनबहादुर रावतको लोकतान्त्रिक प्यानल लाई कांग्रेसको पूर्ण समर्थन छभने प्रकाश उप्रेती प्यानलमा नेकपाको समर्थन छ ।
यसैवीच लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका धनबहादुर रावतले सम्पूर्ण व्यवसायिक हितका लागि आफ्नो प्यानल क्रियाशील रहने बताएका छन् । उनले व्यवसायीहरुको लागि वीमाको पहल गर्नुका साथै पलायन तथा विस्थापित व्यवसायीहरुको लागि स्थापना गरिएको राहत कोषको रकम वृद्धि गरिने जनाएका छन् । उनले विगतदेखि आफूले सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितका लागि क्रियाशील रहेको भन्दै आगामी दिनमा पनि थप प्रतिवद्ध रहने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार १८:१०