कोराेना भाइरसका ६७ संक्रमित थपिए
१९ फाल्गुन २०७७, बुधबार २१:२५काठमाडौं । नेपालमा कोराेना भाइरसका ६७ जना संक्रमित थपिएका छन् भने ६२ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा तीनहजार ३९९ परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार ३६१ काेराेना संक्रमित पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ६०५ जना निकाे भएका छन् । हाल ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।