आइतवार, बैशाख ५, २०७८

कोरोना भाइरसका ११२ सङ्क्रमित थपिए

१३ फाल्गुन २०७७, बिहीबार २१:१५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार ४११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८४ जना सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमित निको भइसकेकाे जनाएकाे हाे ।

मन्त्रालयले हाल ८८२ जना बिरामीमा कोभिड १९ को सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share