कोरोना भाइरसका ८८ सङ्क्रमित थपिए
८ फाल्गुन २०७७, शनिबार १९:०४काठमाडौं । नेपालमा कोरोना भाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ । पछिल्लो २४ घण्टामा १३६ जना सङ्क्रमित निको भएका छन् । कोभिड १९ को सङ्क्रमणबाट मुक्त भएकाको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको हो । हाल एक हजार ५३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कसैकाे मृत्यु भएको छैन ।