बिहिबार, फाल्गुन २०, २०७७

कोरोना भाइरसका ९७ सङ्क्रमित थपिए

७ फाल्गुन २०७७, शुक्रबार १७:०३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । हाल एक हजार ५८३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ६९ हजार ६१९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६१ जना कोरोना सङ्क्रमितले सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share